Pages

धम्पुस घुम्न जाँदा...

विगत वर्षहरूमा झैँ यस वर्ष पनि हामी श्री चण्डीका आधारभूत विद्यालयका शिक्षक शिक्षिकाहरू मिली कुनै नयाँ ठाउँको भ्रमण गर्ने योजना बनायौँ । कहिले जाने, कहाँ जाने भन्ने विषयमा आएका विभिन्न प्रस्तावहरूबीच आखिरमा छनौट भयो हाम्रो गन्तब्य धम्पुस २०७३ साउन २८ गतेको लागि ।

साउन २८, २०७३ ।
हामी धम्पुसको यात्रामा निस्कियौँ । यसैबिच हामीलाई पोखरा १३ चिसापानीमा अवस्थित श्री डिज्नी मन्टेश्वरी विद्यालयको अवलोकन भ्रमण गर्ने अवसर मिल्यो । विद्यालयको कुशल व्यवस्थापन, भौतिक सुविधा, सुन्दर सजावट देखेर हामी मोहित भयौँ ।




त्यसपछि हामी हेम्जा, सुइँखेत, फेदी, घट्टेखोला हुँदै धम्पुसको उकालोतिर बाटो ततायौँ । वर्षाको बेला, कच्ची बाटो, मोटरसाइकलको यात्रा... तरपनि हामी उत्साहित थियौँ । उकालोमा ट्याँट् ट्याँट् हर्न बजाउँदै हामी धम्पुस देउरालीमा पुगेर केहीबेर सुस्तायौँ । त्यहाँबाट चारैतिर देखिने मनमोहक दृश्यहरू हेर्दै खाजा खायौँ, तथापी हामीलाई मौसमले त्यति साथ दिएन ।
पृथ्वीनारायण मा.वि. का शिक्षक सम गुरुङ सरको Hotel Orchid मा पुगेपछी सरले हामीलाई मेड इन धम्पुस अर्ग्यानिक चिया बनाएर पिलाउनुभयो, त्यो चियाको चुस्कीसँगै सारा थकान चुट्कीमा गाएब भयो । फ्रेस भएपछि हामी गाउँ घुम्न निस्कियौँ ।

त्यसो त म ल्वाङघलेलमा जन्मे हुर्केको मान्छे, दक्षिणतिर आँखै अगाडी देखिने गाउँ हो धम्पुस । केही वर्ष पहिले त्यहाँ फागु पूणिर्मामा मेला लाग्दा दोहोरी गाउन समेत पुगेको गाउँ हो धम्पुस तरपनि धम्पुसलाई यतिबेला अझै नजिकबाट नियाल्ने मौका पाएँ मैले । रुप फेरेछ धम्पुसले, होटलै होटलको गाउँ भएछ धम्पुस । एकजना दिदिले लमजुङदेखि आएर धम्पुसमा होम स्टे खोल्नुभएको रहेछ, एकैछिन वहाँका कुरा सुन्यौँ, सल्युट गर्न मनलाग्यो वहाँको प्रकृत्रि्रेम, देशप्रेम अनि असिम उत्साहलाई । सुन्दर गाउँ, सुन्दर मान्छेहरु, सफा वातावरण... हामीलाई लोभ्यायो धम्पुसले । होटल अर्किडमा अति नै पारिवारिक वातावरणमा बेलुकाको खाना खाएपछि साथीहरूसँग केहीबेर रमाइलो गरि भोलीको सूर्योदय धम्पुसको निर्माणाधिन सनराइज भ्यू टावरबाट हेर्ने तथा अस्ट्रेलियन क्याम्पमा घुम्न जाने योजना बनाई सुत्यौँ ।
साउन २९, २०७३ ।
हामी सुन्दर स्थानबाट नयाँ दिनको सूर्योदय हेर्ने उत्सुकताका साथ निद्रादेवीको काखबाट जुरुक्क उठ्यौँ । तर विडम्बना, हामीलाई मौसमले साथ दिएन । एकाबिहानै बाक्लो कुहिरो डम्म भरिएर सूर्योदय त के, नजिकैको दृश्य पनि नदेखिने भयो । माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी, मर्दिहिमाल, हिउँचुली नव बिहानीको सूर्यको किरणसँगै मुस्कुराएको हेर्ने योजना त्यो कुहिरोमै हरायो ।
तरपनि हामीले अस्ट्रेलियन क्याम्प पुग्ने योजनालाई चाहिँ स्थगित गरेनौँ । जस्तोसुकै मौसम भएपनि अस्ट्रेलियन क्याम्प पुगी छाड्ने निधो गरेर हामी बिहान सवा ६ बजेतिर धम्पुसबाट उकालो लाग्यौँ । बाटोमा देखिएका लाली गुराँस, चन्दनका बोटहरू हेर्दै हिँड्दा हाम्रा खुट्टामा जुकाले रजाई गरिसकेका हुन्थे, तरपनि हामी अगाडी बढिरह्यौँ । कहिले चौतारीमा थकाई मार्दै, कहिले चौरमा सेल्फी हान्दै हामी उकालो लाग्यौँ । जमान सर -हेडसर) का रमाइला कुरामा हाँस्दै हिँड्दा बाटो काटेको पनि पत्तै भएन । करिब साढे ७ बजेतिर हामी अस्ट्रेलियन क्याम्पमा पुग्यौँ ।
त्यहाँ पुगेर पूर्वतिर सुन्दर नगरी पोखरा, फेवाताल र आसपासका क्षेत्रहरू, दक्षिणतिर ढिकुरपोखरी र लुम्ले -काँडे), पश्चिमतिर हरियो मनमोहक जंगल र उत्तरतिर सुन्दर ल्वाङघलेल र रिभानको दृश्यावलोकन गर्‍यौँ, तर मोतीका लहरहरू चाहिँ किन हो कुन्नी घुम्टोबाट निस्कनै मानेनन् । करिब एक डेढ घन्टा हामी त्यहाँको वातावरणमा एकाकार भयौँ, त्यसपछि फेरी जंगलको बाटो धम्पुस गाउँतिरै रमाना भयौँ । बाटोमा यति रमणिय बतासे डाँडा रहेछन्, जसको बयान म शब्दमा गर्न सक्दिन, त्यहाँ सुस्ताउँदाको आनन्द लिन तपाई स्वयं त्यहिँ पुग्नुपर्छ ।
निर्माणाधिन भ्यू टावर धम्पुस
गाउँको माथी भ्यू टावर बन्दै रहेछ, कामदार दाजुहरूले छत सम्म पुग्न त दिनुभएन तैपनि २ तल्ला माथी सम्म भने उक्लिछाड्यौँ । चारैतिर ड्यम्मै लागेको कुहिरो "भ्यू" गरेर फर्कियौँ । फेरी उहि होटल अर्किडमा फर्कियौँ । म्याडमले मिठो खिर तयार गरेर हामीलाई पर्खिरहनु भएको रहेछ, खिर खाएपछि वहाँहरूसँग बिदाबारी भएर पोखराको लागि रमाना भयौँ ।
हाम्रो तन पोखरा तिर हुइँकिरहेको थियो, तर मन भने धम्पुसमै टाँसिएको थियो । त्यो सुन्दर धम्पुस, त्यो मनमोहक धम्पुस, त्यो र्स्वर्गको टुक्रा धम्पुस, कसैले भन्थे, नमरी स्वर्ग देखिन्न, हामीले जिउँदैमा देखेको स्वर्ग हो धम्पुस ।

अर्काको गल्ती देखाइएको समाचार नै गलत

अरुको गल्ती देखाउने सुरमा एकजना पत्रकारले आफ्नै धोती खुस्किएको पनि चाल पाएनछन् । हेर्नुहोस् यो समाचारको screenshot.



इदका दिन आएको "सुल्तान"ले गर्‍यो नेपालीको विचल्ली

केही समय अगाडी भारतले नेपालमाथी नाकाबन्दी लगाउँदा नेपालमा रहेका नेपालीको जनजीवन अस्तव्यस्त भयोकेही समय अगाडी भारतले नेपालमाथी नाकाबन्दी लगाउँदा नेपालमा रहेका नेपालीको जनजीवन अस्तव्यस्त भयो, न पेट्रोल, न ग्याँस, न दैनिक उपभोग्य सामान.... सबैतिर हाहाकार भएको बेला पनि नेपालमा हिन्दी चलचित्र र भारतीय टेलिभिजन च्यानलहरु निर्वाध प्रसारण भइरहेका थिए । तथापि यदाकदा भारतीय चलचित्र र च्यानल बन्द गर्नुपर्छ भन्ने आवाज यदाकदा उठे । फलस्वरुप केही दिन हिन्दी च्यानलहरु बन्द समेत गरिए । नाका बन्द थियो तर मानिसहरुको आँखा चाहिँ खुलेको जस्तो लाग्थ्यो । नेपालीहरु खुब राष्ट्रबादी भएका थिए, यस्तो लाग्थ्यो, २।४ वर्ष नाकाबन्दी हुनेहो भने नेपालीहरु आत्मनिर्भर हुनेछन् अनि भारतले सदाका लागि नाकाबन्द गरेपनि फरक पर्नेछैन ।

तर अहिले परिस्थिति फेरिएको छ । नाकाबन्दी खुल्यो तर नेपालीहरुको बुद्दीको बिर्को भने बन्द भयो ।

शिक्षा ऐन आठौँ संसोधन २०७३

संशोधित शिक्षा ऐन २०७३ को प्रतिबेदन


व्यवस्थापिका–संसद
महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति
“शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक, २०७२” को प्रतिवेदन
१. शिक्षा (आठौं संशोधन) विधेयक (यसपछि “मूल विधेयक” भनिएको) को दफा १ को उपदफा (१) मा रहेका “२०७२” भन्ने अंकको सटृा “२०७३” भन्ने अंक राख्ने ।
२. मूल विधेयकको दफा २ को सटृा देहायको दफा २ राख्ने :
२. शिक्षा ऐन, २०२८ को प्रस्तावनामा संशोधन ः शिक्षा ऐन,२०२८ (यसपछि “मूल ऐन” भनिएको) को प्रस्तावनाको सटृा देहायको प्रस्तावना राखिएको छ

कोलेलीमा किवी फल्यो

कास्की जिल्लाको ल्वाङघलेल गा.वि.स. वडा नं. ४ कोलेलीमा स्वादिष्ट फल "किवी" फल्न थालेको छ । केही तस्विरहरु :



...and finally fruit!!!


विद्यालयमा स्वागत

कास्कीको कालिका गा वि स ९, काउरेमा अवस्थित श्री चण्डीका प्रा.वि. ले नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

चण्डीका प्राथमिक विद्यालयको घरदैलो (फोटो फिचर)

श्री चण्डीका प्राथमिक विद्यालय कालिका ९, कास्कीले विद्यालयमा विद्यार्थीलाई स्वागत एवं घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयका प्रधानाध्यापक श्री जमान बहादुर गुरुङको नेतृत्वमा शिक्षक शिक्षिकाहरु टिकाराम गौतम, देवी कुमारी गुरुङ, मिन कुमारी गुरुङ शक्ति गुरुङ, गिता लम्साल गौतम समेतको टोली, कालिका ९ बयरघारी बाट पोखरा २२ आर्बा, मौजा ८ लामाखेत लगाएतका स्थानमा घरदैलो एवं अभिभावक भेला सम्पन्न भएको छ । भेलामा शिक्षक श्री टिकाराम गौतमले श्री चण्डीका प्रा.वि. मा गुणस्तरीय शिक्षा प्रदान गरिने भएकोले आफ्ना नानी बाबुहरुलाई चण्डीका प्रा.वि. मा नै भर्ना गर्न आग्रह गरेका थिए भने प्रधानाध्यापक श्री जमान बहादुर गुरुङले

प्यारोडी प्यासन

आजकल हरेक कुराको प्यारोडी बनाउने चलन आएको छ । गीत संगीतको प्यारोडी धेरै पहिलेदेखि नै बनाईदै आएको भएपनि हाल आएर म्युजिक भिडियोको प्यारोडी, चलचित्रका प्रोमोका प्यारोडी बनाउने एक प्रकारको लहर र कम्पीटिसन नै हुन्छ भन्दा फरक नपर्ला । विगतका वर्षरुमा चलेका गीतहरुमध्ये चलचित्र "रेशम फिलिलि"को पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाउँन... बोलको गीत र चलचित्र "वडा नम्बर ६" को सुर्के थैली खै... बोलको गीतका प्यारोडी म्युजिक भिडियो यति धेरै बने कि यु टुबमा कुन चाहिँ अफिसियल भिडियो हो र कुन चाहिँ प्यारोडी भन्ने छुट्याउन समेत कतिपय दर्शकलाई हम्मे हम्मे पर्‍यो । क्रम यतिमा मात्रै सिमित रहेन, चलचित्र कबड्डी कबड्डी र पशुपति प्रशादको प्रोमोहरुका पनि अत्याधिक प्यारोडी बनेका थिए । यसै सिलसिलामा एकजना मित्रले मेरो ब्लगको कभर इमेजको पनि प्यारोडी इमेज बनाइदिनुभएछ ।

हिन्दूहरू होसियार !!!

"हिन्दूहरू पापी छन्, हिन्दुहरू सैतान् हुन् । जसले शिव, पार्वती, देवी, विष्णु जस्ता सैतानको मूर्ती बनाएर पूजा गर्छन्, यी मूर्ती बनाइनेहरू, मूर्ती बनाउनेहरू अनि ती मूर्तीको पूजा गर्नेहरू सबै सैतान हुन् । शङ्ख फुक्नेहरू पापी हुन् , निधारमा टिका लगाउनेहरू ढोँगी हुन् र घण्टी बजाउनेहरू भ्रष्ट्राचारी हुन् । तिनिहरूलाई वास्तविकता के हो थाहा छैन, सच्चाई के हो थाहा छैन, तिनिहरू सैतानको मन्दिरमा गएर कुबाटोमा हिँडिरहेका छन्, त्यसैले तिनिहरूलाई सच्चाई सिकाएर येशुको बाटोमा ल्याइनुपर्छ, प्रभु येशु मात्रै ठिक हुनुहुन्छ र अरू सबै बेठिक छन् ।" यी र यस्तैकुरा सुन्न पाइन्छ आजकल गाउँ गाउँ, शहर शहर अनि टोल टोलमा खुलेका घोषित अघोषित मण्डली र सच्चाई केन्द्रहरूमा । यतिबेला नेपालमा धर्म परिवर्तन गर्ने गराउने लहर नै चलेको छ ।

चण्डीका प्रा.वि. को ३० औँ वाषिर्कोत्सव

चण्डीका प्रा.वि. कालिका ९ काउरेको ३० औँ वाषिर्कोत्सव तथा पुरस्कार वितरण समारोह शनिबार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विष्णुप्रसाद बरालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति श्री कृष्ण केसीले नेपालमा शिक्षित भएर केही गर्छु भन्ने व्यक्तिको खाँचो भएको औँल्याए । विद्यालयका शिक्षक टिकाराम गौतम र देवी कुमारी गुरुङले सम्युक्त रुपमा सञ्चालन गरेको उक्त कार्यक्रममा प्रअ जमान बहादुर गुरुङले स्वागत भाषण तथा विद्यालयको वाषिर्क आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अबसरमा लायन्स क्लब अफ पोखरा र्समर्पणले विद्यालयलाई विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको थियो । कार्यक्रमको सम्पादित अंश अहिले केहीबेरमा गण्डकी टेलिभिजनबाट प्रसारण हुँदैछ भने विद्यालयको फेसबुक पेजमा समेत उक्त भिडियो अपलोड गरिने छ ।

मुक्तक

नेता

देशको चिन्ता किन गर्ने आफ्नै चिन्ता गर्छु
देशको विकास जे सुकै होस् आफ्नै भुँडी भर्छु ।
जनताहरु मरुन् या त बाँचुन् मलाई के भो
चुनाव आउँदा, भोट माग्दा २ / ४ हजार छर्छु ।