मान्छे सन्की भएपछि केही लाग्दैन, प्रेम पाउनका लागि अरुको हत्या गर्ने र आफूले चाहेको प्रेम नपाउँदा आत्महत्या गर्न समेत पछि नपर्ने घटना हामीले पढ्दै र सुन्दै आएका छौँ । प्रशंग हो हालै बजारमा आएको उपन्यास "प्रेमालय" को । "प्रेमालय" केही विशेष छ जस्तो त मलाई शुरुदेखि नै लागेको थियो, किनभने लोकप्रिय पत्रिका साप्ताहिकका सर्वप्रिय लेखक । युवामनलाई छोएर लेख्नसक्ने सुन्दर छवि बनाएका लेखक अश्विनी कोइरालाले लेखेको उपन्यास हो प्रेमालय । त्यसकारण पनि यसपटक मलाई प्रतिक्षा थियो यो उपन्यासको ।
पुस्तक पढ्न एकान्त चाहिन्छ मलाई । पुस्तक पढ्न शुरु गरेपछि पुस्तकबाट आँखा हटाउनै मन नलाग्ने तर समय मिलाउनै गाह««ो । हातमुख जोड्ने प्रपञ्चका लागि बिहान सबेरैदेखि कुद्नु पर्ने बाध्यताका बीच बचेखुचेको समय निकालेर, कहिले चौरमा बसेर, कहिले बिस्तरामा पल्टेर, कहिले प्रतिक्षालयमा, कहिले कता, कहिले कता गरेर "प्रेमालय" पढिछाडेँ ।
मलाई कुनैपनि पुस्तक खासगरी औपन्यासिक विधा पढ्दैजाँदा त्यसका पात्रहरूका छेउछाऊमा आफूलाई पनि उभ्याउन मन लाग्छ, कहिले कथाले कल्पना गरेका बस्तीहरूका भित्रि बाटोमा म हिँडिरहेको छु अनि ती पात्रहरूलाई मैले पनि चिनेको छु जस्तै लाग्छ । सहज मेरो कलेजको साथी हो अनि गजमेर प्रेमालयमा भेट भएको मित्र हो जस्तै लाग्यो । गुराँश, वासन्ती सबैलाई म नजिकबाट चिन्छु झैँ लाग्यो अनि ऋषभ सरको अगाडी बसेर घन्टौ वहाँका कुरा सुनेको छु जस्तै लाग्यो यसपटक ।
प्रेमको प्रमाण खोज्नेहरुका लागि गतिलो झापड हो "प्रेमालय" । प्रेमलाई लगेर यौनमा टुङ्ग्याउन खोज्ने काइते प्रेमीहरूका लागि
>गहकिलो जवाफ हो प्रेमालय । प्रेम गरेपछि त्यसलाई विवाहमा लगेर समापन गर्नुपर्छ भन्ने सङ्किर्ण विचारधारीहरूका लागि औषधि हो प्रेमालय । प्रेमको विषय आफैँमा गम्भिर छ र यसको अध्ययन त झनै गम्भिर । वास्तवमै यो संसारमा प्रेमशाश्त्र पढाईहुने कलेज स्थापना भयो भने त्यसको श्रेय प्रेमायलका परिकल्पनाकारलाई नै जान्छ । प्रेम र यौनको विषयलाई बडो गहिरिएर उजागर गरिएको यो उपन्यास भाग १ मात्र हो जस्तो लाग्यो । सरल र सरस तरिकाले लेखिएको यो उपन्यासको विशेषता भनेको पढुञ्जेलसम्म पाठकलाई खुल्दुल बनाईराख्न सक्नु नै हो । कतिपय अनावश्यक शब्दजालहरूका कारण पाठकलाई लाग्न सक्ने बोरिङलाई छाड्ने हो भने उपन्यास उत्कृट छ । तथापि गम्भिर विषयमा उत्तरआधुनिक उपन्यास पढ्ने बानी परेका कल्पनाशील पाठकका लागि भने "प्रेमालय"को कोर्स अधुरो हुन सक्छ ।
जहाँ प्रेम हुन्छ, त्यहाँ न घृणा हुन्छ, न रीस हुन्छ, न इगो हुन्छ, न इश्र्या हुन्छ । जताततै प्रेम नै प्रेम हुन्छ । आफूले प्रेम गरेको मान्छेलाई अरुले पनि प्रेम गर्छ भन्नेकुरा थाहा पाउँदा मुटु जल्छ भने त्यो प्रेम नै होइन । प्रेम गरेको मानिससँग यौन सम्बन्ध स्थापित गर्नैपर्छ भन्ने सोचमा नै कमजोरी छ । प्रेम गर्नका लागि न कुनै खास उमेर तोकिएको हुन्छ, न त स्थान र अवस्था नै । यी र यस्तै धेरै कुराहरू सिकाउँछ प्रेमालयले । प्रेमलाई साँघुरो परिभाषाभित्र खुम्च्याउने कुचेष्टा प्रेमालयले कदापी गरेको छैन । यद्यपी प्रेमालय पढिसक्दा अन्त्यमा के पुगेन के पुगेन जस्तो चाहिँ लागिरह्यो । प्रेमका बारेमा लेखिएको पुस्तक खोजी खोजी पढ्ने म जस्ता पाठकका लागि यतिले मात्रै धित मर्दै मरेन । आजकल उपन्यास वियोगान्त बनाउने होडबाजी चलेको छ, शायद त्यसैले होला, प्रेमालयमा गएर प्रेमशाश्त्र पढ्ने सहज र गुरु ऋषभ दुबैको लेखकले अनायासै हत्या गरेका छन् । त्यसकारण पनि उपन्यासमा अझै धेरै लेख्न सकिने ठाउँ हुँदा हुदै पनि मूलपात्रलाई आफ्नै गुरुको हत्या गरि आत्महत्या गर्न लगाएर लेखकले गर्न खोजेको के हो ? भन्ने प्रश्न मनमा मडारिइरह्यो । कतिपय लेखकिय कमजोरीलाई स्विाकारेर अर्को प्रयास गर्ने हो भने, अर्थात भनौँ, "प्रेमालय २" आयो भने, मलाई आशा एवं विश्वास छ, सुपर डुपर हिट हुनेगरी आउनेछ । जब मैले लेखकलाई सोधेँ, "प्रेमालय २" कहिले आउँछ ? वहाँले हाँसेर टारिदिनुभयो ।
Showing posts with label Nepali Literature. Show all posts
Showing posts with label Nepali Literature. Show all posts
मुक्तक
नेता
देशको चिन्ता किन गर्ने आफ्नै चिन्ता गर्छु
देशको विकास जे सुकै होस् आफ्नै भुँडी भर्छु ।
जनताहरु मरुन् या त बाँचुन् मलाई के भो
चुनाव आउँदा, भोट माग्दा २ / ४ हजार छर्छु ।
देशको चिन्ता किन गर्ने आफ्नै चिन्ता गर्छु
देशको विकास जे सुकै होस् आफ्नै भुँडी भर्छु ।
जनताहरु मरुन् या त बाँचुन् मलाई के भो
चुनाव आउँदा, भोट माग्दा २ / ४ हजार छर्छु ।
गजल
तिम्रै भरमा पर्छु भन्दा हुन्छ भनेकी हौ,
तिम्रै लागी मर्छु भन्दा हुन्छ भनेकी हौ ।
वर्षौँ देखी साँचिएको मनभरीको माया,
तिमीलाई गर्छु भन्दा हुन्छ भनेकी हौ ।
हिउँदको बाँझो खेत झैँ तिम्रो खाली सिउँदो,
मेरै हातले भर्छु भन्दा हुन्छ भनेकी हौ ।
सृष्टि धान्ने अनमोल सन्तानको बीउ,
तिम्रै खेतमा छर्छु भन्दा हुन्छ भनेकी हौ ।
Subscribe to:
Posts (Atom)



