Pages

पोखरामा रेडलाइट एरिया !

पुस महिनाको चिसो मौसम साँझको बेला । पोखराको लेकसाइडमा चलिरहेको सडक महोत्सव हेर्न म साँझपख निस्केँ । दिउँसोभरी जागिरको तनाव र थकान पनि केहि दूर हुने अनि रिफ्रेस पनि भइने आशाले म निस्केँ । जानु त लेकसाइड थियो तर किन किन आज पोखराका मुख्य र भित्रिबजारहरु चक्कर लगाउन मन लाग्यो । त्यसकारण म काहुँखोला, बाँझापाटन, मियाँपाटन, अमरसिँह चोक, रामघाट, रानीपौवा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक (हालको लखनचोक), सभागृहचोक, सृजनाचोक, आलुमाइला, न्युरोड, चिप्लेढुंगा, गैह्रापाटन, पालिखेचोक, नदिपुर, फुलबारी, भिमकालीपाटन, ट्याक्सीचोक, बगर, सिम्पानी, हरिचोक, मिरुवा, अर्चलबोट, बाग्लुङ बसपार्क, फिर्के, पर्स्याङ, जिरो कि.मी., मासबार, गैरिखेत, सिमलचौर, रत्नचोक, एयरपोर्ट, मुस्ताङचोक, घारीपाटन, छोरेपाटन, बिरौटा (तमु हृयुला चोक), डेमसाइड, सहिदचोक हुँदै लेकसाइड पुगेँ । यति ठाउँहरु घुम्ने क्रममा मैले विविध किसिमका दृश्यहरु देखेँ, सबै दृश्यको फोटो खिचेर पनि साध्य भएन र शब्दमा वर्णन गरेर पनि साध्य भएन । कुनैकुनै चोकमा साँझको बेलामा म नेपालको शहरमा नभएर कुनै बिदेशी शहरमा त घुमिरेको त छैन भन्ने भान पनि हुन्थ्यो । कुनै स्थानहरु सम्साँझै सुनसान थिए भने कतै दोहोरी घन्किएको, कतै बिदेशी गीत घन्किएको सुनिन्थ्यो । जाडोको मौसम भएकोले कतै मज्जाले शिरदेखि पाउसम्म बाक्ला कपडा लगाएका मानिसहरु देखिन्थे भने कतै यिनिहरुको जाडो त बोकाले खान्छ कि भनेझैँ गरि अर्धनग्न नारीहरु पनि देखिन्थे । एउटा ठाउँमा राता बत्तीहरु मात्रै बलेको क्षेत्र रेडलाईट एरिया देखेँ अनि हत्त न पत्त मोबाइल झिकेर फोटो खिचेँ । अब यी फोटोहरु हेरेर हजुरले नै पत्ता लगाउनुहोस् पोखरामा रेडलाईट एरिया कहाँ रहेछ ।

घलेलमा ल्होसार मेला २०७४ शुरु

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका ८ र ९ मा अवस्थित घलेल गाउँमा ल्होसार मेला २०७४ शुरु भएको छ । मेलाको पहिलाो दिन आज तमु ल्होसार पर्वको दिन भएकोले लामा गुरु कर्म गुरङको नेतृत्वमा विश्वशान्तिको कामना गर्दै पूजापाठ गरि मेलाको शुरुवात भएको छ । पौष २१ गते सम्म चल्ने मेलामा पुरुष भलिबल तर्फ २८ टिम दर्ता भइसकेका छन् भने लाहाचोक स्रोतकेन्द्र स्तरिय भलिवल प्रतियोगिता साथै विद्यालय स्तरिय अन्य प्रतियोगिताहरु भोलिदेखि सञ्चालन हुनेछन् ।

यसरी पनि हुन्छ विद्यालयमा सुचना प्रविधिको प्रयोग

बिहानको दश बज्यो, कास्की जिल्लाको मादी गाउँपालिका स्थित चण्डिका आधारभूत विद्यालयको स्वचालित विद्युतीय घण्टीले टिरिरिरिरिट्टङ गरेर समय संकेत गर्‍यो । घण्टी बजाउन न पालेदाई चाहिन्छ, न त समय हेर्ने झन्झट नै । चाहे पहिलो घण्टी दोश्रो घण्टी होस् वा खाजा खाने छुट्टी सबै समय घण्टीलाई कण्ठस्थ छ, त्यसैले जति घण्टी लगाउनुपर्ने हो, त्यति पटक घण्टि आफैँ बज्छ ।
समस्या यस्तो थियो---
विद्यालयमा पियन छैनन् । शिक्षक दरबन्दी अपुग भएका कारण विद्यालय कर्मचारीको दरबन्दीमा समेत विद्यालयले आन्तरिक श्रोतबाट तलब दिएर भएपनि शिक्षक नै नियुक्त गरेको छ । अंग्रेजी माध्यममा पर्ढाईहुने यस विद्यालयमा सबैकुरा नियम अनुसार चल्छ । हरेक कक्षामा प्रत्येक दिन एकजना मनिटरको पालो हुन्छ, कक्षाकोठाको ढोका खोल्ने बन्द गर्ने र सफा राख्ने जिम्मा मनिटरको हुन्छ । अफिस र लाईब्रेरी जुन शिक्षक पहिले पुग्यो उनैले खोल्छन् र सफा गर्छन् । प्रायः पौने दश बजे वा सो भन्दा अगाडि नै सबैजना पुगिसकेका हुन्छन् । तरपनि पियन नभएका कारण कक्षामा पढाइरहेका शिक्षक गएर घण्टी बजाउन समस्या भयो । “कहिलेकाहिँ त पढाइ चलिरहँदा समयको समेत याद नहुने हुँदा घण्टी बजाइमा समेत तलमाथी पर्थ्यो”, विद्यालयका प्र।अ। जमानबहादुर गुरुङ स्मरण गर्नुहुन्छ । घण्टी बजाउने समस्या समाधान गर्न बजारमा आफैँ बज्ने घण्टी पाइन्छ कि भनेर खोज्दै हिँडियो, तर पाईएन। गुरुङ अगाडि भन्नुहुन्छ, “मोबाइलमा अलार्म लगाउने र स्पिकरमा जोड्ने सोँच पनि आयो, त्यो पनि फलदायी भएन । समय संकेत त भयो, तर एक घण्टीमा एकपटक, दुइ घण्टीमा दुइपटक बज्नेकाम भएन ।”
कसरी सम्भव भयो ?
विद्यालयका प्रअ गुरुङ मात्रै हैन शिक्षक टिकाराम गौतम समेत विद्यालयको हितका बारेमा सोचिरहन्छन् ।विद्यालयमा कुनै नयाँ काम र प्रविधि भित्र्याउन कटिबद्द यी शिक्षकहरू विद्यालय समय बाहेक अन्य समयमा समेत विद्यालयका समस्या समाधानमा प्रयत्नरत हुन्छन् । कम्प्युटर विज्ञान विषयका शिक्षक टिकाराम गौतम र साथी झलकराज लामिछानेले छुट्टीको दिनमा घुम्न जाँदा बनाएको योजना व्यवहारमा लागु गर्दा विद्यालयमा यो सम्भव भएको हो । लामिछाने इलेक्ट्रोनिक र कम्प्युटर सफ्टवयर तथा हार्डवयर विज्ञ हुन् भने गौतम कम्प्युटर सफ्टवेयरका ज्ञाता । गौतम सफ्टवेरका सानातिना समस्या आफैँ सुल्झाउँछन् र जटिल समस्याका लागि चाहिँ इन्जिनियर मित्र लामिछानेको सहयोग लिन्छन् । दुबैको अथक प्रयासले साकार रुप तब लियो जब यिनिहरुले निर्माण गरेको एक विशेष डिभाईस जडान गरेपछि विद्यालयमा अटोमेटिक घन्टी बज्न थाल्यो ।
विशेषता के छन् ?
१ यो विद्युतिय घण्टीलाई कम्प्युटरको प्रोगामद्वारा सञ्चालन गरिने हुँदा आफूले चाहेको समयमा बज्ने बनाउन सकिन्छ ।
२ छुटि्टको दिनमा नबज्ने र अन्य दिनमा बज्ने गरि डिजाइन गरिएको छ ।
३ यसमा कुनैपनि किसिमका विद्युतिय घन्टी जोडेर काम गर्न सकिन्छ ।
४ परीक्षाको समयमा बज्ने समय तालिका र अन्य विद्यालय समयको समय तालिका फरक फरक हुने भए सोही अनुरुप प्रोग्राम सेट गर्न सकिन्छ ।
५ घडि हेरिरहनुपर्ने झन्झटबाट मुक्ति मिल्छ ।
६ तोकिएको समयमा मात्रै घण्टी बज्छ, समय अगावै वा पछि घन्टी बज्ने समस्या हुँदैन ।
७ विद्यालयमा पालेदाइको सट्टामा शिक्षक नै नियुक्त गरि पठनपाठन अझै गुणस्तरिय बनाउन सकिन्छ ।
८ दिनमा कैयौँ पटक घन्टी बजाउँदा बजाउँदा पालेदाइहरु कानको समस्याले पिडित हुन्थे, अब यो समस्याबाट पनि मुक्ति मिल्ने देखिन्छ ।
बिजुली बत्ती नहुँदा के हुन्छ ?
विद्युतीय घण्टी भएका कारण बिजुली नभइ हुँदैन, तरपनि यसको बिकल्पमा युपिएस, इन्भर्टर जस्ता उपकरण पनि प्रयोग गर्न सकिन्छ, तथापि चण्डिका विद्यालयमा भने त्यो समस्या पनि हुनेछैन । किनभने जापानी सहयोग नियोग (जाइका) को सहयोगमा विद्यालय नजिक रहेको विजयपूर खोलाबाट विद्यालयका लागि जापानिज प्रविधिको माइक्रो हाइड्रो पावर स्टेसन निर्माण भइरहेको छ, जुन अबको एक डेढ महिनाभित्रै सम्पन्न हुँदैछ ।यो शुरुवात मात्रै हो प्र।अ। श्री जमान गुरुङले भन्नुभयो, "सुचना प्रविधिको प्रयोमा हामी सचेत छौँ, हामीकहाँ सुरक्षा गार्ड छैन, राती चोर आयो भने पक्डिनका लागि समेत सफ्टवेयर बनाउनुपर्नेछ ।" शिक्षक टिकाराम गौतमले खुलासा गर्नुभयो "सेक्युरिटि गार्ड सफ्टवेयरको काम हुँदैछ, हामी काम सकेपछि मात्रै सार्वजनिक गर्नेछौँ ।"

विहे विन्ध्यवासिनीमा, छोरी मणिपालमा

एकजना साथीले मलाई सोध्नुभयो, "तपाईले बिहे कहाँबाट गर्नुभएको ?" मैले भनेँ, "विन्ध्यवासिनी मन्दिरबाट ।" वहाँले मलाई यसरी हेर्नुभयो कि त्यहाँबाट बिहे शायद गर्नु नै आठौँ आश्चर्य हो ।

विवाह भएको आज आठ वर्ष पूरा भएछ । यस बिचमा हामीलाई पुत्रीलाभ भयो । सोध्नुहुन्न ? "छोरी कहाँ पाएको ?" मणिपाल हस्पिटलमा ।

"प्रेमालय" पढ्ने युवकले गरे आत्महत्या ।

मान्छे सन्की भएपछि केही लाग्दैन, प्रेम पाउनका लागि अरुको हत्या गर्ने र आफूले चाहेको प्रेम नपाउँदा आत्महत्या गर्न समेत पछि नपर्ने घटना हामीले पढ्दै र सुन्दै आएका छौँ । प्रशंग हो हालै बजारमा आएको उपन्यास "प्रेमालय" को । "प्रेमालय" केही विशेष छ जस्तो त मलाई शुरुदेखि नै लागेको थियो, किनभने लोकप्रिय पत्रिका साप्ताहिकका सर्वप्रिय लेखक । युवामनलाई छोएर लेख्नसक्ने सुन्दर छवि बनाएका लेखक अश्विनी कोइरालाले लेखेको उपन्यास हो प्रेमालय । त्यसकारण पनि यसपटक मलाई प्रतिक्षा  थियो यो उपन्यासको ।
पुस्तक पढ्न एकान्त चाहिन्छ मलाई । पुस्तक पढ्न शुरु गरेपछि पुस्तकबाट आँखा हटाउनै मन नलाग्ने तर समय मिलाउनै गाह««ो । हातमुख जोड्ने प्रपञ्चका लागि बिहान सबेरैदेखि कुद्नु पर्ने बाध्यताका बीच बचेखुचेको समय निकालेर, कहिले चौरमा बसेर, कहिले बिस्तरामा पल्टेर, कहिले प्रतिक्षालयमा, कहिले कता, कहिले कता गरेर "प्रेमालय" पढिछाडेँ ।
मलाई कुनैपनि पुस्तक खासगरी औपन्यासिक विधा पढ्दैजाँदा त्यसका पात्रहरूका छेउछाऊमा आफूलाई पनि उभ्याउन मन लाग्छ, कहिले कथाले कल्पना गरेका बस्तीहरूका भित्रि बाटोमा म हिँडिरहेको छु अनि ती पात्रहरूलाई मैले पनि चिनेको छु जस्तै लाग्छ । सहज मेरो कलेजको साथी हो अनि गजमेर प्रेमालयमा भेट भएको मित्र हो जस्तै लाग्यो । गुराँश, वासन्ती सबैलाई म नजिकबाट चिन्छु झैँ लाग्यो अनि ऋषभ सरको अगाडी बसेर घन्टौ वहाँका कुरा सुनेको छु जस्तै लाग्यो यसपटक ।
प्रेमको प्रमाण खोज्नेहरुका लागि गतिलो झापड हो "प्रेमालय" । प्रेमलाई लगेर यौनमा टुङ्ग्याउन खोज्ने काइते प्रेमीहरूका लागि
>गहकिलो जवाफ हो प्रेमालय । प्रेम गरेपछि त्यसलाई विवाहमा लगेर समापन गर्नुपर्छ भन्ने सङ्किर्ण विचारधारीहरूका लागि औषधि हो प्रेमालय । प्रेमको विषय आफैँमा गम्भिर छ र यसको अध्ययन त झनै गम्भिर । वास्तवमै यो संसारमा प्रेमशाश्त्र पढाईहुने कलेज स्थापना भयो भने त्यसको श्रेय प्रेमायलका परिकल्पनाकारलाई नै जान्छ । प्रेम र यौनको विषयलाई बडो गहिरिएर उजागर गरिएको यो उपन्यास भाग १ मात्र हो जस्तो लाग्यो । सरल र सरस तरिकाले लेखिएको यो उपन्यासको विशेषता भनेको पढुञ्जेलसम्म पाठकलाई खुल्दुल बनाईराख्न सक्नु नै हो । कतिपय अनावश्यक शब्दजालहरूका कारण पाठकलाई लाग्न सक्ने बोरिङलाई छाड्ने हो भने उपन्यास उत्कृट छ । तथापि गम्भिर विषयमा उत्तरआधुनिक उपन्यास पढ्ने बानी परेका कल्पनाशील पाठकका लागि भने "प्रेमालय"को कोर्स अधुरो हुन सक्छ ।
जहाँ प्रेम हुन्छ, त्यहाँ न घृणा हुन्छ, न रीस हुन्छ, न इगो हुन्छ, न इश्र्या हुन्छ । जताततै प्रेम नै प्रेम हुन्छ । आफूले प्रेम गरेको मान्छेलाई अरुले पनि प्रेम गर्छ भन्नेकुरा थाहा पाउँदा मुटु जल्छ भने त्यो प्रेम नै होइन । प्रेम गरेको मानिससँग यौन सम्बन्ध स्थापित गर्नैपर्छ भन्ने सोचमा नै कमजोरी छ । प्रेम गर्नका लागि न कुनै खास उमेर तोकिएको हुन्छ, न त स्थान र अवस्था नै । यी र यस्तै धेरै कुराहरू सिकाउँछ प्रेमालयले । प्रेमलाई साँघुरो परिभाषाभित्र  खुम्च्याउने कुचेष्टा प्रेमालयले कदापी गरेको छैन । यद्यपी प्रेमालय पढिसक्दा अन्त्यमा के पुगेन के पुगेन जस्तो चाहिँ लागिरह्यो । प्रेमका बारेमा लेखिएको पुस्तक खोजी खोजी पढ्ने म जस्ता पाठकका लागि यतिले मात्रै धित मर्दै मरेन । आजकल उपन्यास वियोगान्त बनाउने होडबाजी चलेको छ, शायद त्यसैले होला, प्रेमालयमा गएर प्रेमशाश्त्र पढ्ने सहज र गुरु ऋषभ दुबैको लेखकले अनायासै हत्या गरेका छन् । त्यसकारण पनि उपन्यासमा अझै धेरै लेख्न सकिने ठाउँ हुँदा हुदै पनि मूलपात्रलाई आफ्नै गुरुको हत्या गरि आत्महत्या गर्न लगाएर लेखकले गर्न खोजेको के हो ? भन्ने प्रश्न मनमा मडारिइरह्यो । कतिपय लेखकिय कमजोरीलाई स्विाकारेर अर्को प्रयास गर्ने हो भने, अर्थात भनौँ, "प्रेमालय २" आयो भने, मलाई आशा एवं विश्वास छ, सुपर डुपर हिट हुनेगरी आउनेछ । जब मैले लेखकलाई सोधेँ, "प्रेमालय २" कहिले आउँछ ? वहाँले हाँसेर टारिदिनुभयो ।

यस्तो पनि हुँदो रैछ गण्डकी हस्पिटलमा

सबैले भन्ने गरेको गण्डकी हस्पिटल अर्थात् पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, पोखरा । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको नाम सुन्ने बित्तिकै सबैलाई त्यहाँको भिडभाड, सास्ती, झञ्झट फोहोर, झर्कोफर्को अनि अत्यासलाग्दो वातावरण मन मष्तिस्कमा आइहाल्छ, जुन स्वाभाविक पनि हो । टिकट काट्न मात्रै घन्टौँ लाममा बस्नुपनर्ने, बल्लतल्ल टिकट काट्यो, डाक्टरलाई भेट्न उस्तै सास्ती, पैसा बुझाउन उस्तै झन्झट, नमूना संकलन गर्ने ठाउँमा उस्तै भिड, रिपोर्ट आउन उस्तै ढिलाई बल्लतल्ल रिपोर्ट लिएर आइपुग्दा डाक्टरसाब नै टाप । अनि फेरी

सफल शिक्षकलाई "हार्दिक बधाई"

तपाई शिक्षक हुनुहुन्छ ? पत्रपत्रिकामा फोटोसहित हार्दिक बधाई लेखाउन तपाइलाई रहर लागेको छ ? हार्दिक बधाई पाउन सफल एकजना प्रतिनिधि पात्रको कथा यहाँ प्रकाशित भएको छ । कथालाई केवल कथाको रुपमा ग्रहण गर्नुहोला, कसैको वास्तविक जीवनसँग मेल खान पनि सक्छ, त्यो मेरो गल्ति हैन ।

वास्तविकता यस्तो छ -
पञ्चायती कालो व्यवस्था, देशमा बसिसक्नु टिकिसक्नु छैन । घरको समस्या उस्तै, दुइ छाक टार्न पनि धौ धौ । पढ्न लेख्न त कति नै मन थियो नि, भएर के गर्नु ? जसोतसो आठ कक्षासम्म त पढेकै हो, त्यसपछि गाउँमा माध्यमिक विद्यालय थिएन, टाढा गएर पढ्न सक्ने क्षमता भएन । घरको समस्याले कहाँ जाउँ र के गरौँ भएका बेला इन्डियाबाट लाहुरे दाई टुप्लुक्क आइपुग्छन् । लाहुरका मिठा मिठा कुरा सुन्दा आज जाउँ कि भोलि जाउँ भनेजस्तो हुन्छ, नभन्दै लाउरेसँगै इन्डिया टाप कस्ने मेलोमेसो पनि जुर्छ । भर्ती हुन कोसिस पनि नगरेको हैन, भर्ती हुन लेख्या रैनछ, भाँडा माझ्न पो लेख्या रैछ ।

मैले खिचेका यी तस्विरहरू....

आजको युग सञ्चारको युग, झनै यो इन्टरनेट र पकेट गजेटले त लाइफमा चेन्ज नै ल्याईदियो । अब कुनैपनि काम गर्न व्यवसायिकता नै नचाहिने भयो । म कुनै व्यवसायिक फोटोग्राफर हैन, र पनि "मैले खिचेको" भन्नुमा गर्व गर्न मन लाग्यो यी तस्विरहरू हेर्दा । तपाईलाई चाहिँ कस्ता लागे यी, प्रतिक्रिया चाहन्छु ।





जिल्ला शिक्षा अधिकारी (कास्की) लाई खुला पत्र

आदरणिय जिल्ला शिक्षा अधिकारी ज्यू ,
सञ्चै हुनुहुन्छ ? के को सञ्चो मात्रै र, हाइसञ्चो भएको छ नि ! हैन त ? शिक्षकहरू विद्यालयका समस्या लिएर आए भने “नेपालको नयाँ संविधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ, अब आ–आफ्नो स्थानीय तहमा जानेस् ।” भन्यो, पन्छियो, कति आनन्द हगि ? हैन, किन यस्तो व्यङ्ग्य गरेको भनेर कन्सिरी तात्यो होला, माफी चाहन्छु ।
माफी त मैले माग्नै पर्छ, किनकी मैले ठूलो गल्ती जो गरेको छु । म शिक्षक सेवा आयोगको शिफारिसमा जिल्ला शिक्षा अधिकारीबाट नियुक्तिपत्र लिई खटिएको प्राथमिक तह तेश्रो श्रेणीको स्थायी शिक्षक हुँ । तर म तेश्रो दर्जाको भएको महशुस गरिरहेको छु । योग्यताक्रमका आधारमा मेरोभन्दा धेरै पछाडि नाम भएका साथीहरूले सुगम र घरपायक विद्यालयमा नियुक्ति पाएपनि मलाई कुनैपनि हिसाबले पायक नपर्ने स्थानमा पु¥याईयो, यसमा मैले कुनै प्रतिक्रिया जनाईनँ, शिक्षा कार्यालयको निर्णय शिरोधार्य गरि खुरुखुरु आफूलाई खटाइएको कार्यक्षेत्रमा पुगेँ र आफूलाई दिइएको जिम्मेवारी बहन गर्नतर्फ लागेँ । शिक्षक पदमा नियुक्त भएपछि मैले कुनैपनि राजनैतिक दल वा तिनका भातृ संगठनको टिकट लिइनँ, मेरो पहिलो गल्ती त्यहिँबाट शुरू भयो ।