Pages

निर्वाचन आयोगले दिनुपर्छ यी प्रश्नको जवाफ !

 


आवधिक निर्वाचन लोकतान्त्रिक अभ्यासको सुन्दर पक्ष हो । तर वास्तवमै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन हुने हो र जनताले निर्भीकरुपमा आफ्नो मत जाहेर गर्न पाउने अवस्था सृजना हुने हो भने मात्र । यदि धाक-धम्की, प्रलोभन, बलमिच्याईं गरि "जसरी पनि" चुनावी परिणाम आफ्नो पक्षमा पार्ने निर्वाचन "राजनीतिक फोहोरी खेल" बाहेक केही हुन सक्दैन । निर्वाचनको बेला मतदान स्थलकारुपमा प्रयोग गरिने भनेको शिक्षकको कार्यक्षेत्र अर्थात् विद्यालय हुन् र सबैभन्दा हेपिने वर्ग भनेका शिक्षक हुन् । निर्वाचनका बेला विद्यालयको पठनपाठन बन्द गर्न लगाइन्छ अनि विद्यालय भवनमा प्रशासन र स्वास्थ्यका कर्मचारीको "राज" चल्छ । निर्वाचनमा स्वास्थ्यकर्मी किन प्रयोग गर्ने? के निर्वाचनको बेला जनतालाई स्वास्थ्य सुविधा नै चाहिँदैन? यदि स्वास्थ्यकर्मीले निर्वाचन चलाउने हो भने मतदान केन्द्र पनि स्वास्थ्य संस्थामै तोके हुँदैन? कलिला बालबालिकाले शिक्षा आर्जन गर्ने पवित्र स्थलमा फोहोरी राजनीति घुसाएर निर्वाचन आयोगले गम्भीर आचारसंहिता उल्लंघन गरेको छ । म एउटा शिक्षकको नाताले प्रमुख निर्वाचन आयुक्तलाई स्पष्टीकरण सोध्न चाहन्छु, "विद्यालय शान्ति क्षेत्र हुन्, आयोगले मतदानकेन्द्र तोकेका कारण कतिपय विद्यालय अशान्ति क्षेत्र बनेका छन्, यसमा आयोगले आचारसंहिता उल्लंघन गरेको ठहर्छ कि ठहर्दैन?" "आयोगले मतदान केन्द्र तोकेका कतिपय विद्यालयमा झडप भएका कारण भौतिक क्षती हुनुका साथै कलिलो बाल मस्तिष्कमा गम्भीर असर परेको छ, त्यसको क्षतिपूर्ति निर्वाचन आयोगबाट किन नभराउने?" "शिक्षा आर्जन गर्ने पवित्र स्थानलाई कतिपय स्थानमा रणभूमी बनाईएको छ, यसको जिम्मा निर्वाचन आयोगले किन नलिने?" "निर्वाचनको दिन बाहेक अन्य दिन समेत विद्यालयको पठनपाठन ठप्प पारेर आयोगले शिक्षकको दैनिकी र विद्यार्थीको मानसिकता एवं शैक्षिक वातावरणमा गम्भीर असर पारेको छ, त्यसको क्षतिपूर्ति आयोगले किन नभर्ने?" यदि विद्यालयलाई मतदान केन्द्रको रुपमा प्रयोग गर्ने हो भने निर्वाचन अधिकृत र अन्य कर्मचारीको रुपमा समेत शिक्षकलाई नै खटाउने व्यवस्था गरिनुपर्छ । यदि मिल्दैन भने किन नमिल्ने हो, निर्वाचन आयोगले स्पष्टीकरण दिनु जरुरी छ । के शिक्षकहरूमा त्यो योग्यता पुग्दैन? के शिक्षकहरूसँग त्यो क्षमता छैन? कि आयोगले शिक्षकलाई दोश्रो दर्जाको नागरीक मान्छ? आयोगले स्पष्टीकरण दिनु जरुरी ठान्छ कि ठान्दैन? आयोग मात्रै हैन, शिक्षक महासंघ पनि यस बारेमा गम्भीर हुनु जरुरी छ । शिक्षकका हकहितको वकालत गर्ने महासंघ यस बारेमा किन मौन छ? म्यादीले स्कुलका भित्तामा गरेको फोहोरका टाटा आयोगका कर्मचारीले सफा गर्नु पर्ने कि नपर्ने ? शिक्षकको काम "पढाउने" मात्रै हो भने निर्वाचनको दिन पनि "पढाउन" तयार छौँ, तर आत्मसम्मानमा चोट पुर्याएकोमा निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको ठहर्छ कि ठहर्दैन? निर्वाचन आयोगलाई निर्वाचनका लागि विद्यालय भवन प्रयोग गर्न दिन विद्यालय किन बाध्य हुने ? स्पष्टीकरण दिन जरुरी छ कि छैन ? यदि छ भने  ४८ घण्टा भित्र आफैं उपस्थित भएर, प्रतिनिधिमार्फत् वा सार्वजनिक संचार माध्यमबाट स्पष्टीकरण दिनुहोला ।

शिक्षक सेवा तयारी नोट नि:शुल्क अफर

 यदि तपाईं शिक्षक सेवा आयोग / शिक्षक लाइसेन्सको तयारी गर्दै हुनुहुन्छ भने तपाईंको लागि खुशिको खबर छ । हामी तपाईंलाई नेपालका विभिन्न विज्ञ शिक्षकहरूले पढाएका नोटहरू नि:शुल्क पठाउनेछौं । त्यसका लागि तपाईंले एक रुपैयाँ पनि शुल्क तिर्नुपर्ने छैन । तलको लिन्कमा क्लिक गर्नुहोस् ।


डाउनलोड पेजमा जान यहाँ क्लिक गर्नुहोस् ।




विद्यालय र शिक्षाको बारेमा चासो राख्नुहुन्छ भने अवश्य पढ्नुहोला ।

कोरोना कहरले कसैलाई बाँकी राखेन । रोग भन्नेकुरा, धनी गरिब, यो जात, त्यो जात भनेर लाग्ने कुरा पनि होइन । विपत् जसलाई पनि पर्न सक्छ । दुःख, कष्टमा परेका र पिडित नागरिकलाई उद्दार र राहत दिनु सरकारको कर्तव्य र दायित्त्व हो । सरकार यो कुरामा कति सफल या असफल भयो भन्नेकुरामा बहस हुँदै जाला तरपनि कोरोनाको महामारीबाट जुध्न कैयौँ सरकारी विद्यालयमा क्वारेन्टिनको स्थापना गरियो । क्वारेन्टिन स्थापना गरेपछि कतिपय अभिभावकहरूको सरकारी विद्यालयप्रतिको धारणा नकारात्मक समेत हुन पुग्यो । “कोरोना लागेका मान्छे राखेको स्कुलमा हाम्रा बच्चा कसरी पठाउने ?” भन्नेजस्ता शब्दहरू समेत कतिपयबाट प्रस्तुत भए । कोरोना महामारीको बेला पढाई भन्दा स्वास्थ्य महत्त्वपूर्ण कुरा हो भन्नेकुरालाई दृष्टिगत गरि सरकारी विद्यालयका शिक्षकहरू क्वारेन्टिन व्यवस्थापनमा खटिए भने नीजि विद्यालयका संचालकहरूलाई चाहिँ अभिभावकहरूबाट शुल्क असुल्न नपाएकोमा छटपटि भयो ।

उत्सुक च्यानलमा अब शिक्षक सेवा तयारी कक्षा

युटुबको उत्सुक च्यानलमा शिक्षक सेवा आयोगको नयाँ पाठ्यक्रममा आधारित विषयवस्तुको तयारी कक्षाका लागि विभिन्न सामग्री प्रकाशन गरिँदै छ । संसारभर फैलिएको कोरोना भाईरसको त्रासका कारण मानिसहरु घरमा नै बस्नुपर्ने, त्यसमाथी नेपालमा लकडाउन गरिएका कारण झन् बाध्यताबस घरभित्रै बस्नुपरेको अवस्थामा उत्सुक च्यानलको यो प्रयास पाठकहरुका लागि सहयोगि हुन सक्छ । पाठकहरुले युटुबमा भिडियो हेर्नुका साथै  ब्लग पेजबाट PDF फाइल डाउनलोड समेत गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

तलब भत्ता माग गर्नका लागि भर्नुपर्ने माग फाराम

 विद्यालयहरूले शिक्षक कर्मचारीहरूको तलब भत्ता माग गर्नका लागि भर्नुपर्ने माग फारामको सफ्ट कपि डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

फेसबुकमा फोटो राखेर ठूलो गल्ती भयो, धेरै पछुतो लाग्यो ।

आजकल इन्टरनेटको अर्को नाम नै फेसबुक जस्तो भइसकेको छ । जो कसैले पनि सहज रुपमा पहुँच राख्ने फेसबुकमा आफ्ना वा आफूले खिचेका तस्विरहरू अपलोड गर्ने र शेयर गर्ने काम सामान्य नै भइसक्यो । मानिसहरू राम्रो फोटो खिचेपछि फेसबुकमा पोस्ट गर्न आतुर देखिन्छन् । तर मलाई भने फेसबुकमा फोटो अपलोड गरेकोमा धेरै ठूलो पछुतो लागेको छ । हजुरहरूलाई खुल्दुली हुनु स्वभाविकै हो, हैन, फेसबुकमा फोटो अपलोड गर्दैमा किन पछुताउनु - तर मैले फेसबुकलाई विश्वास गरेर ठूलै गल्ती गरेछु । फेसबुकमा फोटो राखेपनि त्यसको ब्यकअप आफ्नो पर्सनल ड्राइभमा नराख्नु नै मेरो भूल भयो । जसले गर्दा मेरा ती सयौँ फोटोहरूको क्वालिटि मैले गुमाइसकेको छु । फेसबुकले फोटो अपलोड गर्न त दियो तर त्यसले प्रयोगकर्ताका फोटोको रिजुलेसन हृवात्तै घटाएर क्वालिटि खत्तम पारिदियो । शुरु शुरुमा मलाई त्यसको हेक्का नै भएन, तर जब मैले त्यो महशुस गरेँ, धेरै ढिलो भइसकेको थियो र मैले आफ्ना सयौँ गुणस्तरिय फोटाहरू गुमाइसकेको थिएँ ।

चण्डिका आधारभूत विद्यालयमा घुम्ति पढाइ कुना सम्पन्न

आज मिति २०७४ माघ २१ गते आइतबार चण्डिका आधारभूत विद्यालयमा घुम्ति पढाइ कुना सम्पन्न भएको छ, केही तस्विरहरू...